Viewer's Column

"तिहार, फूटबल र नेपाली खाना"
"जर्मनीले जित्यो यसपालीको मैत्री फूटबल"
अक्टोबर २२, एस्सेन-जर्मनी
आईतवारको बिहानी जाडोलाई चिर्दै चम्किलो घामले स्वागत गरिरहेको थियो-दोस्रो जर्मन-नेपाली मैत्री फूटबल प्रतियोगीतालाई । पश्चिम जर्मनीको ब्यस्त शहर एस्सेन माथियस रङशालामा खेल सुरु भयो बिहान ठीक ११:३० बजे ।
जर्मनबासी नेपालीहरु र नेपालप्रेमी जर्मनहरुको नागरिक स्तरको सद््भावना खेल यो बर्ष तिहारको उपलक्ष्यमा नेपाली संस्था "सगरमाथा समाज" ले गरेको हो ।

खेलको जर्मन टोली ब्रोन्क्स् (BRONX) ले मध्यान ् तर सम्ममा खेललाई ३-०मापुर्‍याए।

खेलको दोस्रो अन्तरालमा सगरमाथा समाजका सन्तोष गुरुङ्ले साथीहरुको पासलाई चलाखिपूर्ण रूपले अगाडि बढाए र १५ मिनेटको अन्तरमा २ गोल गरे । निक्कै प्रतिश्पर्धातमक देखिएको खेल अन्तिम केही मिनेटमा ब्रोन्क्सका मार्सेलले थप २ गोल गरेपछि ५-२ मा खेल टुँगियो ।

त्यसपछि उपस्थित दर्शकमाझ एक आपसमा तिहारको शुभकामना साट्दै अर्को साल पुन: खेलमैदानमा भेट्न गरी सबै आफ्ना गन्तब्य तिर लागे । अनि नेपालप्रेमी जर्मनहरु चाहिँ नेपालीखानाको स्वाद लिन भोर्डेमा अबस्थित नमस्ते रेस्टुराँको पिरो र स्वादिलो खाना मा सहभागी भए ।

दीपेन्द्र सुबेदी
विद्यार्थी
डुइस्बर्ग्- एस्सेन बिश्वबिद्यालय
जर्मनी