05-26-2006, 01:37 AM
माइक्रोसफ्टका उत्पादन चौधरी ग्रुपले बेच्ने
कास
काठमाडौं, जेठ १० - माइक्रोसफ्टका उत्पादन चौधरी समूहअन्तर्गतको सिजी इन्फोटेकले नेपालमा बिक्री गर्ने भएको छ । कम्पनीले बुधबार विज्ञप्ति प्रकाशित गरी यो जानकारी दिएको हो । माइक्रोसफ्टले हार्डवेयर र सफ्टवेयरको कारोबार गर्छ ।
सिजी इन्फोटेक र माइक्रोसफ्टबीच कम्पनीका उत्पादन अधिराज्यभर बिक्री गर्न रणनीतिक साझेदारी भएको हो । चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी र माइक्रोसफ्टका तर्फबाट मल्टिमोड लिमिटेड बंगलादेशका महाप्रबन्धक एस. जवाहर अहमदबीच सहमति भएको हो । कम्पनीले माइक्रोसफ्टका उत्पादन अधिराज्यभर उपभोक्ताको चाहनाअनुसार उपलब्ध गराउने जनाएको छ ।